IME Life New

१० महिनामा लघु बीमाबाट जीवन बीमकले संकलन गरे रू. २.४३ अर्ब, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले बैशाख महिनासम्ममा लघु बीमा मार्फत २ अर्ब ४३ करोड ३० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार यी कम्पनीहरुले ४९ लाख ६९ हजार ८४३ वटा लघु बीमालेख बिक्री गरेका छन् ।

Crest

यस अवधिसम्ममा नेशनल लाइफले ७२ करोड ७ लाख रुपैयाँ लघु बीमाशुल्क संकलन गरेको छ। नेपाल लाइफले ६ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३ लाख ५५ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

मेट लाइफले ९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा एशियन लाइफले ४४ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सन नेपाल लाइफले १ करोड ७१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ९४ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। सिटिजन लाइफले ३७ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। सूर्यज्योति लाइफले २५ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

सानिमा रिलायन्स लाइफले २३ करोड २२ लाख रुपैयाँ र हिमालयन लाइफले १२ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। प्रभु महालक्ष्मी लाइफले ६ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

लघु जीवन बीमकको कारोबारः

लघु जीवन बीमकमध्ये गार्डियन माइक्रो लाइफले २४ करोड १० लाख रुपैयाँ गर्दा क्रेष्ट माइक्रो लाइफले २२ करोड ९७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । लिबर्टी माइक्रो लाइफले ११ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

कार्यान्वयन भएन प्राधिकरणको निर्देशनः

नेपाल बीमा प्राधिकरणले प्रत्येक बीमकलाई कुल बीमा कारोबारको कम्तीमा ५ प्रतिशत लघु बीमालखे बिक्री गर्न दिएको निर्देशन बीमकले पूर्ण कार्यान्वयन गरेका छैनन् ।  चालू आर्थिक वर्ष २०८१।८२ को पहिलो १० महिनाको अवधिमा जीवन बीमकले संकलन गरेको बीमाशुल्कमा लघु बीमाको हिस्सा २ प्रतिशत मात्र छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS