IME Life New

अबदेखि एक महिना अघि नै नविकरण नगरे स्वास्थ्य बीमा स्वतः रद्द हुने (कार्यविधिसहित)

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा सहभागिहरूले नविकरणको म्याद सकिनु एक महिना अघि नै नविकरण गराउनुपर्ने प्रावधान लागू गरेको छ।

बोर्डले साउन १ गतेदेखि जारी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नविकरण सम्बन्धि कार्यविधि २०८२ को प्रावधान बमोजिम एक महिना अगावै नविकरण गर्न सर्वसाधारणसँग अनुरोध गरेको हो।

Crest

बोर्डका अनुसार, बीमा अवधि पुरा हुनु एक महिना अघि नै अनलाइन भुक्तानी माध्यमबाट वा दर्ता सहयोगी मार्फत नविकरण नगराए स्वतः बीमालेख रद्द हुनेछ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि २०८२

कार्यक्रममा लक्षित वर्गको बीमा समेत स्वतः नविकरण हुँदै आएकोमा अब उपरान्त स्वतः नविकरण हुने व्यवस्था पनि खारेज गरिएको छ। सम्बन्धित सेवाग्राहीले तोकिएको कागजप्रमाण पेश गरेर अनिवार्यरूपमा नविकरणको निवेदन दिनुपर्ने भएको छ।

नविकरणका लागि सर्वसाधारणले एक महिना अगावै निवेदन दिनुपर्ने प्रावधान अनिवार्य बनाइए पनि बोर्डले सर्वसाधारणलाई एक महिना अगावै नविकरणको सूचना दिनुपर्ने प्रावधानलाई ऐच्छिक बनाइएको छ, अर्थात् बोर्डले नविकरणको सूचना नदिए पनि हुने भएको छ।

नविकरणका लागि आवश्यक पर्ने कागज प्रमाणः

  • बीमा नविकरणका लागि राष्ट्रिय परिचय पत्र वा नागरिकता,
  • सम्बन्धित स्थानिय तहबाट परिवारको संख्या खुल्ने कागजपत्र;
  • अति गरिब परिवारको हकमा नेपाल सरकारबाट जारी गरेको अति गरिब परिचय पत्र,
  • अति अशक्त अपाङ्गता,कुष्ठरोगी,एच.आई कीमुन,जटिल खालका क्षयरोग बिरामी, नियमावलीको अनुसुची- ६ मा उल्लेख भएका रोगहरूको हकमा रोग लागेको पुष्टि हुने कागजात,
  • सत्तरी वर्ष पुगेको जेष्ठ नागरिकको हकमा उमेर खुल्ने परिचयपत्र,
  • नाबालिगको हकमा नाबालिग परिचयपत्र वा जन्मदर्ता र महिला स्वास्थ्य स्वयम् सेविकाको हकमा संघिय सरकारले जारीले परिचय पत्र ।

बोर्डका अनुसार, अब उपरान्त बीमितले तोकिएको समयभित्रै नविकरण नगराएर म्याद गुजारेमा जरिवाना तिरेर नविकरण गराउनुपर्नेछ।

बीमितले बीमालेखको म्याद नघाएर नवीकरण गरेमा देहाय बमोजिम योगदान रकम लाग्नेछः

(क) योगदान बीमालेखको म्याद कटाई तीन महिना भित्र नवीकरण गरेमा कार्यक्रमा आबद्व हुँदा लाग्ने रकममा दश प्रतिशत रकम थप गरी हुने रकम;

(ख) योगदान बीमालेखको म्याद कटाई छ महिना भित्र नवीकरण गरेमा कार्यक्रमा आबद्ध हुँदा लाग्ने रकममा तीस प्रतिशत रकम थप गरी हुने रकम;

(ग) बिमालेखको म्याद समाप्त भएको छ महिना देखि एक वर्ष भित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकममा पचास प्रतिशत रकम थप गरी हुने रकम;

(घ) म्याद समाप्त भएको एक वर्ष पश्चात नवीकरण गरेमा कार्यक्रमा आबद्ध हुँदा रकममा शत प्रतिशत रकम थप गरी हुने रकम;

(ङ) म्याद समाप्त भएको दुई वर्ष पश्चात नवीकरण गरेमा कार्यक्रमा आबद्ध हुँदा योगदान रकमको दुई गुणा बराबर रकम;

(च) म्याद समाप्त भएको तीन वर्ष पश्चात नवीकरण गरेमा कार्यक्रमा आबद्ध हुँदा रकमको तिन गुणा बराबर रकम ।

(छ) बिमालेखको म्याद समाप्त भएको तीन वर्ष भन्दा बढि समय पश्चात नवीकरण गरेमा कार्यक्रमा आबद्ध हुँदा लाग्ने योगदान रकमको चार गुणा बराबर रकम ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता निरन्तरताका लागि प्रोत्साहित गर्न बोर्डले नियमितरूपमा नविकरण गराएको आधारमा सहभुक्तानीमा छुट प्रदान गर्ने व्यवस्था समेत गरेको छः

(क) तीन वर्ष सम्म नियमित नवीकरण गर्ने बीमितको हकमा प्रचलित कानून बमोजिम गर्नुपर्ने १० प्रतिशत;
(ख) चार वर्ष देखि सात वर्ष सम्म नियमित नवीकरण गर्ने बीमितको हकमा प्रचलित कानून बमोजिम गर्नु पर्ने सह-भुक्तानीमा २० प्रतिशत;
(ग) सात वर्ष देखि माथि नियमित नवीकरण गर्ने बिमितको हकमा प्रचलित कानुन बमोजिम गर्नु पर्ने सह-भुक्तानीमा ३० प्रतिशत ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS