काठमाडौं । जल तथा मौसम विभागले आज राति प्रदेशमा एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्ष हुने पूर्वानुमान गरेको छ।
विभागले एक सूचना जारी गर्दै आज दिउँसो भने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। अन्य प्रदेशमा भने आज दिउँसो हल्कादेखि मध्म वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ।
त्यस्तै आज राति सातै प्रदेशमा केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको विभागले जनाएको छ। सातै प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ।
वर्षाका कारण प्राकृतिक विपत्तिको जोखिम हुने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।


















