IME Life New

जीवन बीमकको साउनमा कस्तो रह्यो प्रदेशगत व्यापार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा २० अर्ब २ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। बीमकहरुले बागमती प्रदेशबाट मात्रै ८ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४१.९४ प्रतिशत हिस्सा हो।

Crest

यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.४६ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट २ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १३.८६ प्रतिशत हिस्सा हो।

समीक्षा महिनामा कम्पनीहरुले गण्डकी प्रदेशबाट २ अर्ब १६ करोड १४ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा १०.८० प्रतिशत, मधेश प्रदेशको ९.४ प्रतिशत, सुदूरपश्चिमको ५.७६ प्रतिशत र कर्णालीको ३.१३ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS