IME Life New

बाढीपहिरो क्षतिबाट कुन क्षेत्रमा कति पर्यो बीमा दाबी ? अहिलेसम्म कति भुक्तानी ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत असोजको दोस्रो साताको अविरल वर्षाले देशभर सिर्जना भएको बाढीपहिरोका कारण भएको क्षतिको हालसम्म १२ अर्ब ६४ करोड रुपैयाँ बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार फागुन २१ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमा ३ हजार ७२८ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १२ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको हो। हालसम्म बीमकहरुले २ हजार ४७८ वटा दाबीको ३ अर्ब ५ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेका छन्।

Crest

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमामा १ हजार ७९५ वटा दाबीको ९ अर्ब ३ करोड ४८ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म सम्पत्ति बीमातर्फ कम्पनीहरुले १ हजार १३३ वटा दाबीको २ अर्ब २० करोड ३५ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

यसैगरी दोस्रो धेरै इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३२३ वटा दाबीको कम्पनीहरुले २ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले १३० वटा दाबीको ३० करोड २४ लाख रुपैयाँमात्रै भुक्तानी गरेका छन्।

मोटर बीमा (निजी)तर्फ ९६० वटा र मोटर बीमा (सार्वजनिक)तर्फ ३९६ वटा दाबी परेको छ। कम्पनीहरुले ती दाबीको क्रमशः ४३ करोड ३९ लाख रुपैयाँ र ३१ करोड ९० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म मोटर बीमा (निजी)तर्फ ७२२ वटा दाबीको २५ करोड ३७ लाख रुपैयाँ र मोटर बीमा (सार्वजनिक)तर्फ २७७ वटा दाबीको २५ करोड ७ लाख रुपैयाँ कम्पनीहरुले भुक्तानी गरिसकेका छन्।

त्यस्तै कम्पनीहरुमा पशुपन्छी बीमातर्फ ६८ दाबी (४ करोड १४ लाख रुपैयाँ), सामुद्रिक बीमातर्फ २४ वटा दाबी (४ करोड १२ लाख रुपैयाँ), कृषि बाली बीमातर्फ १३७ वटा दाबी (१ करोड रुपैयाँ) र विविधतर्फ २४ वटा दाबी (४ करोड १२ लाख रुपैयाँ) परेका छन्। हालसम्म कम्पनीहरुले पशुपन्छी बीमातर्फ ५५ वटा दाबीको १ करोड ३९ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १६ वटा दाबीको १ करोड ७८ हजार रुपैयाँ, कृषि बीमातर्फ १२५ वटा दाबीको ८२ लाख ९९ हजार रुपैयाँ र विविधतर्फ २० वटाको ५५ लाख ३३ हजार रुपैयाँ भुक्तानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS