IME Life New

महामारी नियन्त्रणमा सहकार्यका लागि ऐतिहासिक सहमति जुट्यो, बैठकमा अमेरिका अनुपस्थित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०१९ को कोरोना महामारी( कोभिड १९) बाट पाठ सिक्दै विश्व स्वास्थ्य संगठनका सदस्य राष्ट्रहरूले महामारी सम्बोधनका लागि ऐतिहासिक सम्झौताको मस्याैदामा सहमति जनाएका छन् ।

पछिल्लो तीन वर्षदेखि संगठनका देखि सदस्य राष्ट्रहरूबीच चल्दै अाएको वार्ताले बुधबार साँझ सार्थकता पाएको संगठनले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ।यो सहमतिको उद्देश्य कोभिड-१९ संकटको समयमा गरिएका गल्तीहरू दोहोरिन नदिनु हो।

Crest

स्वास्थ्य संगठनले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ, सहमतिको मस्याैदालाइ अनुमोदन गर्न अागामी मे महिनामा हुने विश्व स्वास्थ्य महासभा समक्ष पेश गरिनेछ।

संगठन प्रमुख टेड्रोस अधानोम गेब्रेयससले संगठनको मुख्यालयबाट जारी विज्ञप्तीमा भने,”विश्वका राष्ट्रहरूले आज जेनेभामा इतिहास रचेका छन्” ।

“महामारी सम्झौतामा सहमतिमा पुग्दा, उनीहरूले विश्वलाई सुरक्षित बनाउन पुस्तागत सम्झौता मात्र गरेनन्, बहुपक्षीयता जीवित र उत्कृष्ट छ भन्ने पुनः पुष्टी समेत गरेका छन् । र हाम्रो विभाजित संसारमा, राष्ट्रहरूले अझै पनि साझा आधार खोज्न र साझा चुनाैतीहरूको साझा सम्बोधन खोज्न सहकार्य गर्न सक्छन्।”

कोभिड-१९ ले लाखौं मानिसहरूको ज्यान लिएको र अर्थतन्त्रलाई तहसनहस पारेको पाँच वर्षपछि,एचफाइम एनवान वर्ड फ्लूदेखि दादुरा, मन्की पक्स र इबोलासम्मका नयाँ जनस्वास्थ्य जोखिमहरू देखा परिरहेको बेला वार्ताहरूमा बढ्दो अावश्यक्ताको भावना देखिएको थियो।

वार्ताको अन्तिम चरणमा अमेरिकी विदेशी सहायता खर्चमा कटौती र औषधिहरूमा कर लगाउने धम्कीले वार्तामा नयाँ छायाँ पारेको थियो। अन्तिम समयसम्म, केही काँडादार मुद्दाहरूमा असहमति रह्यो।

स्रोतहरूलाई उल्लेख गर्दै एजेन्सी फ्रान्स प्रेसले दाबी गरेको छ कि, वार्ताकारहरू महामारी नियन्त्रणका लागि स्वास्थ्य उत्पादहरूको प्रविधि हस्तान्तरणसँग सम्बन्धित सम्झौताको धारा ११ मा अड्किएका थिए।

कोभिड-१९ महामारीको समयमा,विश्वभर खोप नपाएर अकालमा ज्यान गुमाएका नागरिकहरूको गरिब देशहरूले धनी राष्ट्रहरूलाई खोप र परीक्षणहरू जम्मा गरेको आरोप लगाएका थिए।

ठूला औषधि उद्योगहरू भएका देशहरूले अनिवार्य प्राविधिक हस्तान्तरणको प्रस्तावको कडा विरोध गर्दै यसलाइ स्वैच्छिक बनाउनुपर्नेमा जोड दिएका छन्। कुनै पनि  प्रविधि हस्तान्तरण “आपसी सहमति” मा हुन आवश्यक छ भन्ने वाक्यांश थपेर यो अवरोध पार गर्न सकिन्छ जस्तो देखिन्थ्यो।

अन्त्यमा, ३२ पृष्ठको सम्झौतालाई हरियो रंगमा पूर्ण रूपमा हाइलाइट गरिएको थियो, जसले यसलाई संगठनका सदस्य राष्ट्रहरूले पूर्ण रूपमा अनुमोदन गरेको संकेत गर्दछ।संयुक्त राज्य अमेरिका, जसले विदेशी सहायता खर्च घटाएर विश्वव्यापी स्वास्थ्य प्रणालीलाई संकटमा फ्याँकेको छ, उपस्थित थिएन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सी र महामारी सम्झौता वार्ताबाट बाहिरिने आदेश दिए। अमेरिकी अनुपस्थिति र औषधि उत्पादनमा उच्च कर लगाउने ट्रम्पको धम्कीले वार्तालाई केही समय अनिश्चित बनाएक थियो। तर अन्तमा, देशहरू सहमतिमा पुगे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS