काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले वैदेशिक रोजगार जीवन बीमा पुलको प्रबन्धकका रुपमा काम गर्ने जिम्मेवारी पाएको छ।
नेपाल बीमा प्राधिकरणले हिमालयन रिलाई सामूहिक बीमा कोष र खाता सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी दिएको हो। गत फाल्गुन ४ गते प्राधिकरणमा भएको छलफलबाट दुवै पुनर्बीमकको आपसी सहमतिमा हाललाई वैदेशिक रोजगार बीमालेखबापत प्राप्त रकम जम्मा गर्न सामूहिक बीमा कोषको कोष र खाता हिमालयन रिलाईले सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ।
वैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालनसम्बन्धी निर्देशन, २०८१ को दफा ५ मा प्राधिकरणबाट इजाजतपत्र प्रत्येक पुनर्बीमकले ४–४ वर्षका लागि पालैपालो कोष प्रबन्धकका रुपमा कार्य गर्ने व्यवस्था रहेको छ।
सोही निर्देशिनबमोजिम प्राधिकरणले अबको ४ वर्षका लागि हिमालयन रिलाई बीमा पुल सञ्चालनको जिम्मेवारी दिएको हो। अब सोहीबमोजिम गर्न गराउन जीवन बीमक र पुनर्बीमकलाई प्राधिकरणल निर्देशन दिएको छ।

















