IME Life New

वर्षाको उच्च जोखिमः लामो दूरीका यातायात ३ दिनका लागि बन्द

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । वर्षाका कारण जोखिम उच्च बन्न थालेपछि लामो दूरीका यातायात सञ्चालन ३ दिनका लागि बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक सूचना जारी गर्दै लामो दूरीका यातायात सञ्चालन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो । ‘जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी ३ दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ’, सूचनामा भनिएको छ।

Crest

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुने सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको सूचनामा उल्लेख छ।

त्यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न तथा गराउन एवं सोको निरन्तर अनुगमन तथा निगरानी गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS