IME Life New

स्वास्थ्य बीमा कार्यक्रमः अब सेवा लिन डिजिटल कार्डको प्रयोग, हट्यो परिचयपत्र बोक्नुपर्ने बाध्यता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब स्वास्थ्य बीमा सेवा उपभोगमा डिजिटल कार्डको प्रयोग गरिने भएको छ। यसले भौतिक रुपमा परिचयपत्र बोक्नुपर्ने बाध्यता हटेको छ।

स्वास्थ्य बीमा बोर्डले आज स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरुको नाममा एउटा परिपत्र जारी गर्दै डिजिटल कार्डको प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिएको छ।

Esewa
Crest

स्वास्थ्य बीमामा आबद्ध बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटोकपी पेस गरेको अवस्थामा उक्त कार्डमा उल्लिखित स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भएको वा नभएको यकिन गरेर स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्न सेवा प्रदायकलाई बोर्डले निर्देशन दिएको छ।

स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएका कारणले मात्र बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्न पनि बोर्ड सेवा प्रदायकलाई निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS