काठमाडौं । आज नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ को विन्दुमा कायम भएको छ । आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने १०१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन ऊर्जा विकासका लगानकिर्ताले ८ दशमलव ६२ प्रतिशतका दरले कमाएका हुन् । कालिका लघुवित्तका लगानीकर्ताले ५ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् ।












