IME Life New

सरकारी अस्पतालहरु करोडौँ रकमका स्वास्थ्य उपकरण थन्काउँदै, नयाँ किन्दै

SPIL
National Trauma Center Bir Hospital HAMS
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गम्भीर प्रकृतिका रोगको उपचारका लागि देशैभरका बिरामीको भरोसाको केन्द्रका रुपमा रहेका प्रमुख ठूला अस्पतालहरुमा करोडौँ मूल्यका स्वास्थ्य उपकरण प्रयोजनबिहीन अवस्थामा रहेको छ।

महालेखापरीक्षकको कार्यालयले बुधबार प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, ट्रमा सेन्टर(वीर अस्पताल), सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कोशी अस्पतालमा भेन्टिलेटर, क्याथ ल्याबलगायतका अन्त्यन्तै महत्वपूर्ण र संवेदनशील उपकरणहरु प्रयोजनविहीन अवस्था वा बिग्रेको अवस्थामा थन्काइएको उल्लेख छ।

Crest

महालेखाका अनुसार विराटनगरस्थित कोशी अस्पतालले खरिद गरेको भेन्टिलेटरलगायतका रु. २ करोड ८ लाख ६५ हजार मूल्यका ५ प्रकारका उपकरण, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(ट्रमा सेन्टर)ले खरिद गरेको र स्वास्थ्य सेवा विभागले हस्तान्तरण गरेको भेन्टिलेटर, पेसेन्ट मनिटर लगायतका रु.४ करोड २९ लाख ६५ हजार मूल्यका ७ प्रकारका उपकरण थन्काइएका छन्।

यसैगरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विभागले हस्तान्तरण गरेको रु. ५ करोड ५९ लाख ४९ हजार मूल्यको पोर्टेबल यूएसजी मेसिन र ११ थान भेन्टिलेटर र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रु. २ करोड २५ लाख मूल्यको प्लाज्मा स्ट्रेलाइजर मेसिन १ थानलगायतका उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्।

बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानबाट उपलब्ध कोभिड–१९ प्रयोजनका लागि स्थापना भएको १०० बेडको अस्पतालपछि डेंगु उपचारका लागि उपचारका लागि प्रयोगमा ल्याइएकामा ल्याएकोमा हाल भेन्टिलेटरसहितको २० बेड आईसीयू र सो अस्पतालमा प्रयोग भएका रु. २४ करोड ५१ लाख ५२ हजारको उपकरण बिगारेर राखिएका छन्।

यसैगरी ट्रमा सेन्टर अस्पतालमा मुटु रोगको उपचारमा उपयोग हुने ५० हजार ५०० अमेरिकी डलरको क्याथल्याब मेशिन तथा रु. २ करोड ५१ लाख ३२ हजार मूल्यको १४ थान भेन्टिलेटर, रु. ८६ लाख ११ हजारका ५ थान सीआर्म मेसिन र रु. ९९ लाख ६६ हजार मूल्यका ब्याकमान काउल्टर बिग्रिएको कारण सञ्चालनमा रहेको छैन।

महालेखाले प्रतिवेदनमा निर्देशन जारी गर्दै लेखेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनगुमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS