IME Life New

सुनको भाउमा लगातार बृद्धि, आज हालसम्मकै महँगो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार सुन १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १९ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS