काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो।
यससँगै प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलामा तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ४७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।












