IME Life New

ग्लोबल आइएमई क्यापिटलको साधारणसभा सम्पन्न, २५% लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज असोज १४ गते काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको छ ।

साधारणभाले आर्थिक वर्ष २०८२/०८३ को लेखापरिक्षण प्रतिवेदन र कम्पनीको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।

Esewa
Crest

साधारणसभामा बोल्दै अध्यक्ष रेग्मीले मुलुकमा आर्थिक गतिवधिहरु सुस्त रहेको भएतापनि कम्पनीले प्रतिफल वितरण गर्न सफल भएको भन्दै कम्पनीको प्रगतिमा सहयोग पुर्याउने सबैमा धन्यवाद व्यक्त गरे ।

ग्लोबल आइएमई बैंकको सहायक कम्पनी रुपमा रहेको यस क्यापिटल नेपालको पहिलो मर्चेन्ट बैंकिङ्ग कम्पनी पनि हो । सञ्चालक समितिका अध्यक्ष दिपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाको कार्यक्रम सञ्चालन कम्पनी सचिव छबिलाल शर्मा पौडेलले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS