काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन २२ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको साउन ५ गते कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा बसेको बैठकले सो सभाको मिति तय गरेको हो ।
सभा बिहानको ९ बजे काजी को किचन, पुरानो बानेश्वर, काठमाडौंमा हुनेछ । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारेमा संचालक समितिले गरेको निर्णयको प्रस्ताव पारित गर्नेछ ।
सभाले अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने गरि प्रवन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने, उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै पनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा हकप्रद शेयर निष्काशन सम्बन्धमा थप अन्य कार्यहरु समेत गर्न परेमा सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

















