काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२को ८ महिना फागुन मसान्तसम्म नेपालमा ४४ अर्ब ६६ करोड रुपैयाँ बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभाग फागुनसम्म ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता ४२७ वटा उद्योगका लागि आएको छ। ती उद्योगमा ११ हजार ४७५ जनाले रोजगारी पाउने जनाइएको छ।
विभागका अनुसार फागुन महिनामा मात्रै ४० उद्योग स्थापनार्थ १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक प्रतिबद्धता आएको छ।
फागुन मसान्तसम्म सबैभन्दा धेरै प्रत्यक्षा वैदेशिक लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । फागुनसम्म सेवा क्षेत्रमा २२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँबराबर प्रतिबद्धता आएकोे छ । जुन चालु आर्थिक वर्षमा प्राप्त भएको कुल प्रतिबद्धताको ५४.१३ प्रतिशत हिस्सा हो।
त्यस्तै पर्यटन क्षेत्रमा १७ अर्ब ९० करोड ७५ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा २ अर्ब ६३ करोड २० लाख रुपैयाँ, ऊर्जामूलकमा २ करोड ५५ लाख रुपैयाँ, कृषिमूलकमा ७६ करोड १० लाख रुपैयाँ र पूर्वाधारमूलकमा २ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना उद्योगमा आएको छ। जसअनुसार साना ४१५ वटा उद्योग छन्। त्यस्तै मझौला ४ वटा र ४ चारवटा उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको छ।