काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (साउन २७ गते)को बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यसको अर्थ उक्त आर्थिक वर्षका लागि कम्पनीका शेयरधनीले नगद लाभांश र बोनस शेयर पाउने छैनन्।
उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरु पारित गरी स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।
no dividend

















