IME Life New

सदाचार नीतिः बीमा प्राधिकरणले जारी गर्यो, बीमकले गरेनन् लागू

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको हरेक कार्यलाई मर्यादित बनाउनका लागि ‘बीमकको सदाचार नीति २०७९’ जारी गर्यो। यो नीतिमा बीमकले सदाचार नीति तयार पारेर लागू गर्नुपर्ने प्रावधान छ। नीति जारी गरिएको २ वर्ष बितिसक्दासमेत अधिकांश बीमकले यसका प्रावधानहरु पालना गरेका छैनन्।

नीतिमा प्रत्येक बीमकले आफ्नो संस्थामा सदाचार पद्दतिको कार्यान्वयनका लागि सदाचार हेर्ने अधिकारी गर्नुपर्ने प्रावधान छ। अधिकांश बीमकले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् वा आवश्यक ठानेनन्, कार्यान्वयन नै भएको छैन।

Crest

सदाचार अधिकारीमार्फत सम्बद्ध सबैलाई सदाचारका नियमहरुका बारेमा शिक्षा तथा जानकारी दिने पद्धतिको विकास गर्नुपर्ने प्रावधान नीतिमा छ।

सदाचार नीतिको कार्यान्वयन अवस्थाका बारेमा सदाचार हेर्ने अधिकारीले नियमित रुपमा बीमकको प्रमुख कार्यकारी अधिकृत समक्ष प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था नीतिमा छ। यतिमात्र नभएर सदाचार नीतिसम्बन्धी प्रतिवेदन सर्वसाधारणको जानकारीका लागि बीमकको वेबसाइटमार्फत सार्वजनिकसमेत गर्नुपर्छ। नियमित रुपमा बीमा प्राधिकरणमा अनिवार्य रुपमा पेस गर्नुपर्ने व्यवस्था छ।

बीमकले संस्थागत सुशासन निर्देशिका २०८० का प्रावधानहरुबारेमा वार्षिक प्रतिवेदनमा सामान्य उल्लेख गरे पनि सदाचार नीति, नीतिको कार्यान्वयन सम्बन्धमा वेबसाइटमार्फत आवधिक प्रतिवेदन सार्वजनिकीकरणलगायतको काम गरेका छैनन्।

सदाचार नीति २०७९, नेपाल बीमा प्राधिकरण

प्राधिकरणको भूमिका

प्राधिकरणले नीतिको कार्यान्वयनको अवस्थाबारे वार्षिक रुपमा समीक्षा गर्ने पनि नीतिमा उल्लेख छ। यस नीतिमा राष्ट्रिय सदाचार नीतिसँग सामञ्जस्य हुने गरी प्राधिकरणले समय सापेक्ष परिमार्जन गर्नेछ। समीक्षा गर्ने काममा पनि प्राधिकरण अकर्मण्य देखिएको छ।

प्रागिकरणले बीमा क्षेत्रको सदाचार पद्धतिको कार्यान्वयनका लागि अनुगमन नियमन तथा मूल्यांकनको व्यवस्था गर्ने र बीमकहरुबाट भएको कार्यान्वयनसम्बन्धी प्रतिवेदन र सुझावहरु अध्ययन गरी आवश्यक सुझाव दिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS