IME Life New

क्रेस्ट माइक्रो लाइफको नाफामा उल्लेख्य वृद्धि, व्यापार र जीवन बीमा कोषमा छलाङ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म १ करोड ५ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १४ लाख २६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ६३८.६४ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ९ लाख ९४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ८८ लाख ५५ रुपैयाँ र अन्य इक्विटीमा ७२ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म शेयरपुँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ९२ लाख ४१ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ५२०.१८ प्रतिशतले बढेको छ।

चैतसम्म कम्पनीले २३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क ३९१.२७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १९ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा खुद बीमाशुल्क ३४७.२४ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर १.८७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ०.३६ रुपैयाँ थियो। पीई रेसियो १९५.४० गुणा रहेको कम्पनीको प्रतिशतेयर नेटवर्थ १०२.८८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS