IME Life New

सिटिजन्स बैंकको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसँगै यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले यही असोज २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष २०८२।८३ का लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश छन्।

सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। यसका लागि प्रबन्धपत्रमा संशोधन गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम थपघटलगायतका आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले बैंकका सहायक कम्पनीहरुको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ।

सभाले चालु आर्थिक वर्ष २०८३।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १९ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS