काठमाडौं। शिवश्री हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले यही साउन १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ १५ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
गत साउन ४ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद शेयर जारी गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्री खुला गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

















