IME Life New

शिवश्री हाइड्रोपावरको हकप्रद शेयरका लागि बुक क्लोजको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शिवश्री हाइड्रोपावर कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले यही साउन १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ १५ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

Esewa
Crest

गत साउन ४ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्री खुला गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS