काठमाडौं । आज नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा नेपाल हाइड्रो डेभलपर्स र आरएसडीसी लघुवित्तको बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनश शेयर वापत २ लाख ८७ हजार ५५३ दशलमव ०८ कित्ता बोनश शेयर सूचिकृत भएको हो । आरएसडीसी लघुवित्तको ९ दशलमव ५० प्रतिशत बोनश शेयर वापत ८ लाख ९७ हजार १३३ दशलमव ५२ कित्ता बोनश शेयर सूचिकृत भएको हो । सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

















