काठमाडौं । विश्वकै लोकप्रिय एवं मूल्यवान क्रिप्टोकरेन्स बिटक्वाइनको मूल्य पहिलोपटक १ लाख डलर नाघेको छ।
क्रिप्टोकरेन्सी बिटक्वाइनले पहिलो पटक १ लाख १० हजार डलर नाघेको हो। यदि नेपाली मुद्रामा रुपान्तरण गरियो भने एउटा बिटक्वाइनको मूल्य १ करोड ५० लाख रुपैयाँभन्दा बढी हुनेछ।
सन् २००९ मा सातोशी नाकामोतो नामक व्यक्तिले यसलाई सिर्जना गर्दा यसको मूल्य ०.००४१ थियो। अर्थात्, त्यतिबेला बिटक्वाइनमा ०.५५ रुपैयाँ लगानी गरेकाहरुको लगानी आज डेढ करोड हुने थियो।

















