IME Life New

सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहौँः राष्ट्र बैंक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी डिजिटल बैंकिङ कारोबार गर्दा सचेत रहन आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक जनचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘डिजिटल बैंकिङका लागि आवश्यक सतर्कता अपनाऔँ’, राष्ट्र बैंकले भनेको छ।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार डिजिटल बैंकिङ कारोबारका लागि सार्वजनिक, निःशुल्क वा अन्य कुनै पनि अनसेक्योर्ड नेटवर्क प्रयोग गर्दा तपाईंको बैंकिङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ । ‘यस्ता नेटवर्कमा विभिन्न ह्याकर र वित्तीय अपराधीहरुसमेत जोडिएका हुन सक्छन्। जसले तपाइँको महत्वपूर्ण वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्’, सूचनामा भनिएको छ, ‘तसर्थ, आफ्नो व्यक्तिगत तथा बैंकिङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्कमार्फत मात्र अनलाइन बैंकिङ कारोबार गर्नुपर्दछ ।’

यसका साथै अनलाइन बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी, कारोबार गर्ने पासवर्ड र पिन कोड समय–समयमा परिवर्तन गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS