काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्ष २०८१ /८२को चौथोत्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ३ अर्ब ३९ करोड शेयर पूँजी भएको कम्पनीले गतआर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.५७ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको महाविपत्तीकोषमा २७ करोड ९६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ८० करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ४२ अर्ब ५८ करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा गतआर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १०.५२ प्रतिशतले वृद्धि भएर ४७ अर्ब ७ करोड पुगेको छ ।
गत आर्थिक वर्ष २०८१ /८२को चौथो त्रैमाससम्ममा कम्पनीले ९ अर्ब ४० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लोआर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १६.८६ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले पुनर्बीमा मार्फत २० करोड ५७ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोड १५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा ९ अर्ब २० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १७.२४ प्रतिशतले वृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीले ८१ करोड ७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लोआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७२ करोड ७५ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले बीमा पोलिसी धितोमा राखी ५ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले ४ अर्ब ९१ करोड कर्जा प्रवाह गरेको थियो । समिक्षा अवधिमा पोलिसी धितो राखी कम्पनीले प्रवाह गरेको कर्जा ४.४४ प्रतिशतले वृद्धि भएको हो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३५.०५ रुपैयाँ रहेको छ ।


















