काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धेरै शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय, ओखलढुङगा, मेलम्ची, कोहलपुर, बिर्तामोड, कावासोती, तौलिहवा, चन्द्रनिगाहपुर, जनकपुर, सिराह, हरिवन, गजुरी, वालिङ, भैरहवा, बाँसगढी, रोल्पा, नेपालगञ्ज, चन्द्रौटा, गुलरीया, जोगबुद्ध र साफेबगरका लागि केही संख्यामा कर्मचारी आवश्यक भएको बताएको छ ।
उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लसटु वा सो भन्दा माथिको योग्यता हासिल गरेको हुनुपर्नेछ । अंग्रेजी तथा नेपाली कम्प्युटर टाइपिङ जान्ने हुनुपर्नेछ । सवारी साधनको लाइसेन्स भएको हुनुपर्ने तथा उमेरको हकमा २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार २९ गतेभित्र आवेदन दिनुपर्नेछ ।













