IME Life New

ऋण लिएर नयाँ घर किन्ने योजनामा हुनुहुन्छ ? ३-२०-३०-४० फर्मुलाले कम गर्न सक्छ आर्थिक तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घर किन्नुअघि वित्तीय योजना बनाउनु भनेको आफ्नो घरका लागि खाका बनाउनुजस्तै हो। राम्रोसँग योजनाबद्ध दृष्टिकोण राखेर पहिलोपटक घर किन्नेलाई आर्थिक तनाव र संकटबाट बच्न मद्दत गर्न सक्छ। पहिलोपटक घर किन्नेका लागि ३–२०–३०–४० नियम छ। यो कसरी काम गर्छ भन्ने बुझ्नुस्ः

आफ्नो वार्षिक आम्दानीको ३ गुणाभन्दा महँगो घर नकिन्नुहोस्ः घरको मूल्य वार्षिक आम्दानीको ३ गुणाभन्दा बढी हुनु हुँदैन। उदाहरणका लागि यदि तपाइँ वार्षिक १२ लाख रुपैयाँ कमाउनुहुन्छ भने ३६ लाख रुपैयाँसम्मको घर खरिद गर्ने विचार गर्नुहोस्।

Esewa
Crest

२० वर्षको ऋणः २० वर्ष वा सोभन्दा कम अवधिको ऋण छनौट गर्नुहोस्। तपाइँले ऋण छिटो चुक्ता गर्नुहुनेछ र समयसँगै ब्याजमा उल्लेखनीय रकम बचत गर्नुहुनेछ।

३० प्रतिशत ईएमआईः तपाइँले आफ्नो नयाँ घरको ईएमआई तपाइँको मासिक आम्दानीको ३० प्रतिशतभन्दा बढी नहोस् भनेर सुनिश्चित गर्नुपर्छ। यदि तपाइँले प्रतिमहिना १ लाख कमाउनुहुन्छ भने ईएमआई ३० हजारभन्दा बढी हुनुहुँदैन। यसले तपाइँलाई आफ्नो बाँकी खर्च कभर गर्न सघाउँछ।

४० प्रतिशत डाउन पेमेन्टः घरको लागतको कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्ने लक्ष्य राख्नुहोस्। उदाहरणका लागि यदि तपाइँ ५० लाख रुपैयाँको घर किन्ने योजनामा हुनुहुन्छ भने तपाइँले ४० प्रतिशत डाउन पेमेन्ट बचत गर्नुपर्छ। जुन २० लाख रुपैयाँ हो। यो ठूलो रकम बचत गर्न केही समय लाग्न सक्छ तर यसले तपाइँको ब्याजको बोझ कम गर्न मद्दत गर्न सक्छ।

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता फालाफाल रहेको छ। बैंकका केही सर्तहरु पूरा गरेको खण्डमा सहजै घर कर्जा लिन सकिन्छ। घर कर्जाको ब्याजदर पनि सिंगल डिजिटमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS