IME Life New

कृषि विकास बैंकले सच्चायो वित्तीय विवरण, यी सूचकमा भएको थियो त्रुटि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको वित्तीय विवरणमा भएको त्रुटि सच्चाएको छ।

बैंकले आज एक सूचना जारी गर्दै वित्तीय सूचकहरु सच्चाएको हो। बैंकले सच्चाएको वित्तीय सूचकमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १५.४० रुपैयाँ, प्रतिशेयर खुद मूल्य २२३.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात (पीई रेसियो) १८.७२ गुणा, प्रतिशेयर कुल सम्पत्ति मूल्य २३७७.४८ रुपैयाँ र तरलता अनुपात ३३.४३ प्रतिशत रहेको छ।

Crest

हिजो आइतबार बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.४७ रुपैयाँ, प्रतिशेयर खुद मूल्य २१७.७३ रुपैयाँ, पीई रेसियो (राखिएको थिएन), प्रतिशेयर कुल सम्पत्ति मूल्य २२७०.२९ रुपैयाँ र तरलता अनुपात ३१.६३ प्रतिशत रहेको छ।

आज सच्चाइएको सबै सूचक बढेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS