IME Life New

भगवति हाइड्रोपावरको साधारण सभा कात्तिक २ गते, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ औँ वार्षिक साधारण सभा कात्तिक २ गते हुने भएको छ । सभा विहान ११ बजे, आव्या क्लव, घारीपाटन पोखरामा सभा गर्ने निर्णय गरेको हो । कम्पनीको असोज १० गते बसेको संञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले संञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिम वर्ष २०८१ /२०८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८१।०८२ को लेखापरिक्षण प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तिय विवरणहरू छलफल गरि स्वीकृत गर्ने गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८२।०८३ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीले आर्थिक वर्ष २०८ १।२०८२ मा आर्जन गरेको खुद मूनाफा तथा संन्चित मूनाफाबाट ६ प्रतिशत नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर सहित शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।

सभाले कम्पनीको जारी पूजी बृद्धि गरि रू ६७,८२,३९,९०० पुऱ्याउने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने, कम्पनीको जारी पूजी बृद्धि गर्ने विशेष प्रस्ताव नं १ बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ को (ख) विशेष प्रस्ताव पारित गर्ने, शेयरधनीहरूलाई हाल कायम चुक्ता पूजीको १४ प्रतिशत बरावरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले कम्पनीको सञ्चालक समतिको गठन र संख्या परिवर्तन गर्ने सम्बन्धमा कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गरि ७ जनाको संञ्चालक समिति कायम गर्ने जसमा एक जना महिला समेत ६ जना र एक जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको संञ्चालक नियुक्ति सम्बन्धि कुनै खास व्यवस्था सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ संशोधन गरि शेयरधनीहरूबाट एक महिला समेत ६ जना संञ्चालक नियुक्ति हुने र एक जना स्वतन्त्र सञ्चालक नियुक्ति हुने व्यवस्था सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने , कम्पनीको सञ्चालक हुन लिनु पर्ने न्युनतम शेयर संख्या सम्बन्धमा कम्पनीको नियमावलीको नियम २८ संशोधन गरि संञ्चालक पदमा नियुक्ति हुनको लागि कुनै पनि शेयरधनीले आफ्नो नाममा १०० कित्ता शेयर लिएको हुनुपर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरवदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोही बमोजिम संशोधन गर्न संञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS