IME Life New

अभिकर्ता संघ केन्द्रले भन्यो, एलआइसी नेपालको जनकपुर अधिवेशन अवैध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल केन्द्रिय समितिले बीमक समिति एलआइसी नेपालको जनकपुर अधिवेशनबाट निर्वाचित कार्य समिति अवैध भएको दाबी गरेको छ। केन्द्रिय समितिका अध्यक्ष केदारनाथ अधिकारी र महासचिव ओम बहादुर खत्रीले संयुक्त विज्ञप्ती जारी गर्दै चैत्र १७ गते काठमाडौंमा सम्पन्न बैठकले बीमक समिति एलआइसी नेपालको तदर्थ समिति पुनर्गठन गरेको जानकारी गराएका छन्।

एलआइसीका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गरिएको पत्रमा नर बहादुर घर्तीको संयोजकत्वमा ३२ सदस्यीय कार्य समिति गठन गरिएको जानकारी गराइएको छ।

Esewa
Crest
पेशागत अभिकर्ता संघ केन्द्रिय समितिले पुनर्गठन गरेको एलआइसी नेपाल बीमक समितिको तदर्थ समितिका पदाधिकारीहरू

एलआइसी नेपाल पेशागत अभिकर्ता संघको जनकपुर अधिवेशनले चुन्यो नयाँ नेतृत्व

पुनर्गठित कार्य समितिमा देवी तिउसिना वरिष्ठ उपाध्यक्ष र रोशन पन्त राम नारायण साह, टेक बहादुर खड्का गोविन्द बहादुर खड्का नवराज गौतम, पद्मा ओली र रामबहादुर शाही प्रदेश उपाध्यक्ष पदको जिम्मेवारी पाएका छन् ।

पेशागत अभिकर्ता संघ नेपाल राष्ट्रिय ट्रेड युनियन कार्य समितिले केही अनधिकृत व्यक्तिले कम्पनीको व्यवसाय वृद्धिमा अवरोध सिर्जना गरी चैत्र १५ गते जनकपुरमा अस्वाभाविक गतिविधि गरी पेशागत अभिकर्ता संघ बीमक एलआइसी नेपाल र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई बदनाम गर्ने दुस्साहस गरेको आरोप समेत लगाएको छ।

जनकपुरमा शनिबार सम्पन्न भएको अधिवेशनले रामकुमार अधिकारीको नेतृत्वमा २२ सदस्यीय कार्य समितिको निर्वाचन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS