IME Life New

बीमा प्राधिकरणबाट एक वर्षमा करिब ४७% उजुरी फर्छ्यौट, अझै कति छन् बाँकी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गत आर्थिक वर्ष २०८२।८३ मा करिब ४७ प्रतिशत उजुरी फर्छ्यौट गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार प्राधिकरणमा गत आर्थिक वर्षमा ६०० वटा उजुरी परेका थिए। जसमा अघिल्लो आर्थिक वर्ष २०८१।८२ बाट सरिआएका उजुरी ३९४ वटा तथा गत आर्थिक वर्षमा परेका २०६ वटा थिए। समीक्षा वर्षमा प्राधिकरणको केन्द्रीय कार्यालयमा १४९ वटा प्रदेश कार्यालयहरुमा ५७ वटा उजुरी परेका थिए।

Esewa
Crest

प्राधिकरणमा परेका उजुरीमध्ये समीक्षा वर्षमा २८१ वटा फर्छ्यौट भएका छन्। जुन कुल उजुरीको ४६.८३ प्रतिशत हो।

प्राधिकरणका अनुसार फर्छ्यौट भएका उजुरीमध्ये २०४ वटा फैसला र ७७ वटा सहमतिमा टुंगो लागेको छ। अब ३१९ वटा उजुरी टुंगो लाग्न बाँकी छ। यो चालु आर्थिक वर्ष २०८३।८४ मा सरिआएको छ।

अघिल्लो आर्थिक वर्षमा प्राधिकरणबाट १३१ वटा उजुरी मात्रै फर्छ्यौट भएको थियो। जब कि उजुरी ५२५ वटा परेको थियो। अघिल्लो आर्थिक वर्षमा प्राधिकरणले करिब २५ प्रतिशतमात्रै उजुरी टुंगो लगाउन सकेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS