काठमान्डौ । आज जीवन बीमा उपसुचकमा ८ प्रतिशतको वृद्धि भएको छ । नेप्सेमा सुचिकृत सबै जीवन बीमा कम्पनीहरुको बजार मूल्य आक्रामक रुपमा वृद्धि भएको छ।
प्राइम लाईफ इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक दश प्रतिशतले वृद्धि भएको छ भने नेपाल लाईफ इन्स्योरेन्सको बजार मूल्य ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको थियो त्यस्तै नेशनल लाईफको बजार मूल्य ९ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।
आज सबै भन्दा थोरैले रिलायन्स लाईफको बजार मूल्य बढेको छ । रिलायन्स लाईफको बजार मूल्य २ दशमवल ७० प्रतिशतले वृद्धि भएको छ।