काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अर्बौं रुपैयाँ राजस्व छली गरेको आशंका गरिएको छ । सो कम्पनीको स्वामित्वय परिवर्तन सम्बन्धी कारोबारमा अर्बौ रुपैयाँ पुँजिगत लाभकर छली भएको हुनसक्ने भन्दै राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
विभागले केही दिनअघि कोकाकोलाको कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै डिजिटल उपकरणहरु समेत कब्जामा लिएको छ ।
कोकाकोलाको स्वामित्व बोटलर्स नेपालको नाममा छ । उक्त कम्पनीको स्वामित्वमा रहेको शेयर विदेशमै बिक्री भएपछि राजश्व विभागले अनुसन्धान थालेको हो ।
विभाग स्रोतका अनुसार बोटलर्स नेपालको मूख्य स्वामित्व भएको दुबइस्थित कम्पनी कोकाककोला साउथ वेस्ट एशिया होल्डिङ्सको शेयर खरिद बिक्री भएको हो । यसअघि टेलियासोनेराको स्वामित्वमा रहेको एनसेलको शेयर एक्टियटा कम्पनीमा विदेशमै नामसारी भएको थियो । सो प्रकरणमा एनसेलले अर्बौ रुपैयाँ कर तिरेको थियो ।