काठमाडौं । साहस उर्जाले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि यही मंसिर २४ गते दर्ता गरेको छ ।
एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त आईपिओ निष्काशन छिट्टै गरिने कम्पनीले जनाएको छ । सोलुखुम्बुमा ८६ मेगावाटको जल विद्युत परियोजना निर्माण गर्दै गरेको कम्पनीले ठूलो मात्रामा आईपिओ निष्काशन गर्न लागेको छ ।
सेयर संरचना अनुसार ६० प्रतिशत संस्थापक शेयर र ४० प्रतिशत साधारण शेयर हुनेछ । कूल दुई अर्ब ६२ करोड ५० लाख पुँजि पुर्याउने लक्ष्यका साथ आईपिओ जारी गर्न लागिएको हो । आईपिओ आयोजना प्रभावित तथा सर्वसाधारण गरी दुई भागमा विभाजन गरेर वितरण गरिनेछ ।