IME Life New

एपेक्स बैंकको डेढ अर्ब घोटाला काण्डमा सहभागी १२ जनालाई अख्तियारले बयान लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल एनसीसी बैंकमा मर्जरमा गएको एपेक्स बैंकबाट डेढ अर्ब रुपैयाँ घोटाला गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई बयानका लागि बोलाएको छ ।

आयोगले आज गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै तत्कालिन सो बैंका उच्च पदमा रहेका व्यक्ति तथा ऋण लिने विभिन्न व्यक्तिहरुलाई आयोगले बयानका लागि उपस्थित हुन सूचना जारी गरेको हो । आयोगले घोटालामा संलग्न भएको आशंकामा धितोमूल्याङ्ककर्ता, ऋणी तथा बैंकका कर्मचारीसहित कूल १२ जनालाई बाटोको म्याद बाहेक ७ दिनभित्रमा आयोगमा उपस्थित भइ बयान दिन सार्वजनिक सूचनामार्फत जनाएको छ ।

Esewa
Crest

बयानका लागि सूचना जारी गरिएकाहरुमा, तत्कालिन रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका कर्मचारी सहायक महाप्रबन्धक प्रदीप बहादुर कर्माचार्य, सञ्चालक प्रतिनिधि साधारण सेयरधनी सदस्य सञ्चालक भरतकाजी श्रेष्ठ, बादशाह फुडल्याण्ड प्रा.लि.का सञ्चालक ऋषिस्वर थपिलया, एन.बि.डि.एस. सुपर मार्ट प्रा.लि.का सञ्चालक अनोज श्रेष्ठ, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, हजुरको हार्ड वेयर पसलका सञ्चालक ऋणी मुकुन्द प्रसाद पराजुली, स्वतन्त्र धितो मूल्यांकनकर्ता, सिटी इन्जिनियरिङ्ग कन्सलटेन्सीका सञ्चालक नरेश स्वाँर, तत्कालीन एपेक्स डेभलपमेण्ट बैंकका सहायक अधिकृत पदमा कार्यरत सन्तोष धिताल, राम शाह बहुमुखी व्यापार कम्पनी प्रा.लि. का सञ्चालक राम बहादुर शाह, तत्कालीन रोयल मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लि.का कर्मचारी देवराज ढुंगाना, रोशन इन्जिनियरिङ कन्सल्टेन्सीका इन्जिनियर कोमानन्द अधिकारी, पञ्चकन्या सप्लायर्सका सञ्चालक नरेश दाहालले ७ दिनभित्र आयोगमा उपस्थित भई बयान दिनुपर्ने भएको छ ।

एपेक्स डेभलपमेन्ट बैंक घोटाला काण्ड २०७० सालमा रचिएको नेपाली बैंकिङ क्षेत्रको कुख्यात काण्ड हो । रोयल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स, रारा विकास बैंक र अपि फाइनान्स मर्जर पश्चात एपेक्स बैंकको नाममा कारोबार हुँदा र एकीकृत कारोबार अघि रोयर मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाममा कारोवार हुँदा प्रवाह भएका कर्जाहरु कीर्ते, कमसल धितोका थिए । सो काण्डमा बैंकलाई एक अर्बभन्दा बढि घाटा लागेको थियो । सो घाटाको भार अहिले एनसीसी बैंकमाथि परेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS