Connect IPS
IME Life

अझै अन्त्य भएको छैन कोरोनाको त्रास, दैनिक ६ लाख नयाँ संक्रमित, १२ हजारको मृत्यु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन् २०१९ को डिसेम्वरबाट सुरु भएको कोरोना भाइरस विश्वका २१८ वटा देश तथा टापुहरुमा फैलिइसकेको छ । गत चैत्र देखि असारसम्म अत्यन्तै संवेदनशील बनेको कोरोना भाइरसको यतिबेला पुनः दोस्रो लहरको रुपमा अमेरिका र युरोपमा बितण्डा मच्चाइरहेको छ । तथ्याङ्कमा हेर्दा कोरोना भाइरसको त्रास अझै हटिनसकेको देखिएको छ ।

कोरोना भाइरसको विश्वव्यापी तथ्याङ्क संकलन गर्दै आएको वल्डोमिटिरर्सका अनुसार दैनिक छ लाख भन्दा बढि नयाँ मानिसहरुमा कोरोना भाइरसको संक्रमण भइरहेको छ भने विश्वभर दैनिक मृत्युदर १२ हजारभन्दा बढि छ । यो तथ्याङ्क पहिलो चरणमा सबैभन्दा धेरै संक्रमण भएको जुन–जुलाईको भन्दा दोब्बरभन्दा बढि हो ।

Prabhu
Crest

पछिल्लो तथ्याङ्क अनुसार कोरोना भाइरसबाट विश्वभर छ करोड ६८ लाख ६७ हजार ९७१ जनामा संक्रमित देखिएको छ । हालसम्म १५ लाख ३४ हजार ५७० जनाको मृत्युको कारण जेसुकै भएपनि कोरोना परिक्षणमा पोजेटिभ नतिजा देखिएको छ । कूल सात अर्ब जनसंख्या रहेको विश्वमा कूल जनसंख्याको एक प्रतिशत जनसंख्यामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै, विश्वभर हालसम्म चार करोड ६२ लाख ४४ हजार २०२ जना कोरोना भाइरसलाई जितेर निको भइसकेका छन् । यद्यपि विश्वभर अझै पनि एक करोड ९० लाख ७९ हजार १९९ जना अझै पनि कोरोना भाइरससँग लडिरहेका छन् ।

तथ्याङ्क अनुुसार अमेरिकामा दैनिक दुई लाख भन्दा बढि मानिसहरु नयाँ संक्रमित थपिइरहेका छन् भने दैनिक एक लाख मानिसहरु अस्पताल भर्ना भइरहेका छन् । अमेरिकामा दैनिक मृत्युदर दुई हजार दुई सयदेखि तीन हजार जनासम्मको मृत्यु भइरहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट दैनिक पाँच सयभन्दा बढिको ज्यान गइरहेको छ । भारतमा दैनिक संक्रमित हुनेको संख्या ३८ हजार रहेको छ । त्यस्तै, अमेरिका र भारतमा मात्रै नभई युरोपका विभिन्न शहरहरुमा समेत कोरोना भाइरसले बितण्डमा मच्चाइरहेको छ । युरोपका कैयौं देशहरुमा अहिले पनि लकडाउन जारी छ भने पर्यटक तथा अन्य धेरै सेवाहरु प्रभावित नै छन् ।

नेपालमा भने कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या पछिल्ला कैयौंदिन देखि स्थीर तथा घट्ने क्रममा रहेको छ । कोरोना भाइरसको संक्रमण अन्य देशहरुमा जस्तो नफैलिएपछि सडकमा भिडभाड, जाम तथा चलचित्र हल, विद्यालयसहितका क्षेत्र बाहेक अधिकांश क्षेत्र खुल्ला भइसकेका छन् । कोरोना भाइरसका कारण खुल्ला सीमा रहेको नेपाल भारतको बोर्डर भने तोकिएको बाहेकका अन्य बोर्डर भने बन्द अवस्थामा नै छन् ।

कोरोना भाइरसले चीनमा पनि धेरै बितण्डा मच्चाएको छैन । त्यहाँ सुरुको बुहानमा निकै धेरै फैलिएकोमा पछि सतर्ककता अपनाएपछि कोरोना भाइरसको फैलिने क्रम निकै कम छ ।

उता, बेलायती फाइजर कम्पनीले कोरोना भाइरसको खोप विकास गरेपछि विश्वभर नयाँ आशा र तरंग उत्पन्न भएको छ । कोरोना भाइरसको खोपका लागि बेलायती राजपरिवारका सदस्यहरु समेत लाईनमा बसेको समाचारहरु बाहिर आएका छन् । कोभिडविरुद्ध निर्माण भएको खोप कत्तिको प्रभावकारी हुन्छ, त्यो हेर्न भने बाँकी छ ।

 

कोरोनाको कारण विश्वभरको अर्थतन्त्र तहस नहस भएको छ । नेपालमा पनि तुलनात्मक रुपमा कम असर परे पनि पर्यटन क्षेत्र ध्वस्त छ भने बीमा क्षेत्र पनि प्रभावित छ । नेपालमा सुरु गरिएको कोभिड–१९ विरुद्धको बीमालेख विवादमा परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS