IME Life New

ज्ञापनपत्र बोकेर राष्ट्र बैंक पुगे लगानीकर्ता, शेयर कर्जामा कडाई नगर्न चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थबार्षिक समीक्षामार्फत शेयर धितोसहितका तीन प्रकारका धितोमा कडाई गर्ने भएपछि आज लगानीकर्ताहरु ज्ञापन पत्र बोकेर बालुवाटार पुगेका छन् ।

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको विभिन्न संगठनहरु नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजी बजार संघ र शेयर लगानीकर्ता दबाव समूहका टोलीले केहीबेर अघि राष्ट्र बैंकको डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले शेयर धितोमा प्रवाह भएको कर्जामा कडाई नगर्न तथा शेयर धितोमा कर्जा प्रवाह हुने विद्यमान व्यवस्थालाई संशोधन नगर्न माग गरेका हुन् ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि जारी गरेको मौद्रिक नीतिमा शेयर मार्जिन कर्जा ७० प्रतिशत कायम गरिएको छ । तर, नेपाल राष्ट्र बैंकले त्रैमासिक समीक्षा गर्दै शेयर कर्जा पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाएको छ ।

लगानीकर्ताहरुले राष्ट्र बैंक समक्ष बुझाएको ज्ञापन पत्र जस्ताको तस्तै:

श्रीमान गभर्नर ज्यु,
नेपाल राष्ट्र बैंक,
वालुवाटार,काठमाण्डौ,नेपाल ।

बिषयः– ज्ञापन पत्र

विगत ४ वर्ष देखि घट्दो क्रममा रहेको नेपालको पुँजीबजारलाई हामी लगानीकर्ताहरूको विभिन्न चरणको आन्दोलन बाट प्राप्त भएको उपलब्धिको रूपमा रहेको ५८ बुँदे सहमतिमा पर्न सफल भएको मार्जिन ल्याण्डिङ बढाउनु पर्ने विषयलाई विगतको राष्ट्र बैंकको मौद्रिक नीति मार्फत सम्बोधन भै ७० प्रतिशत कायम गरिएको सन्दर्भमा भर्खर कोमाबाट निस्किएर विस्तारै आईसियुमा स्थानान्तरण हुँदै गरेको नेपालको पुँजीबजारलाई मौद्रिक नीति लागु भएको ३ महिना पनि नबित्दै सो को त्रैमासिक समिक्षाको बुँदा नं ६८ मा शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांशले हामी लगानीकर्ताहरू अत्यन्त मर्माहत र चिन्तित भएका छौं ।

हामी लगानीकर्ता, नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड जस्ता सरोकारवाला पक्ष बिचको वारम्वारको छलफलको निचोडको रूपमा कार्यान्वयनमा आएको ७० प्रतिशत (प्रतिशत) मार्जिन कर्जालाई अकस्मात् परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारको रूपमा गरिएको निर्णयको रूपमा लिएका छौं ।

विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत वाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयरको मुल्य र हालको बजार मुल्य २५ देखि ३० प्रतिशत पनि पुग्न नसकेको अवश्थामा अकस्मात् राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गए होला ? आम लगानीकर्ताहरूको प्रश्न राष्ट्र बैंकसंग रहेको छ । नेपालको पुँजीबजारमा वारम्वार मार्जिन कर्जाको सिमालाई तलमाथी पारेर बजारलाई अस्थिर र सोझा साझा लगानीकर्ताहरूको सम्पत्ति माथि धावा बोल्दै बजारमा खेलवाड गर्ने काम कहिं कतै बाट हुनु हुँदैन ।

नियामक निकायलाई आवश्यक लागेको अवस्थामा सरोकारवाला पक्ष संग पनि छलफल गरी उचित कारण र विश्लेषण सहित परिमार्जन गर्न पनि सकिन्थ्यो तर बिना कारण अकस्मात् २–४ जना व्यक्तिलाई शेयर बजार बढेको भान परेर बहुसंख्यक करिव ३० लाख नागरिक प्रत्यक्ष÷अप्रत्यक्ष सहभागि भएको यस क्षेत्रलाई अस्थिर र असन्तुलित बनाउन कहिं कतै बाट प्रयास हुन्छ भने हामी लगानीकर्ताहरू जुनसुकै मुल्य चुकाएर भएपनि त्यस्ता प्रवृत्तिलाई असफल बनाउने प्रण गर्दछौं र राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले आफ्नो नीति ३ महिना पनि टिकाउन नसक्नु भनेको यस संस्था प्रति नेपाली जनताका संग संगै विश्व जगतले समेत हेर्ने दृष्टिकोण नकारात्मक हुन गै नेपाल राष्ट्रकै बेइज्जत हुने कुरामा दुई मत नहोला ।

त्यसैले साना साना लगानीकर्ताहरूको भर्खर शेयर बजारमा भएको प्रवेशलाई निरन्तरता दिन,पूँजीबजारको लगानीकर्ताहरूको लगानीको पनि सुरक्षा गर्न हालै मौद्रिक नीति मार्फत फेरबदल गर्न प्रयास गरिएको शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धि बुँदा तुरून्त फिर्ता गर्न हामि जोडदार माग गर्दछौं ।

मितिः २०७७ मंसिर २१
लगानीकर्ताहरु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS