Connect IPS
IME Life

कोरोना महामारीमा गुराँस लाइफको फड्को, बीमा शुल्क दोब्बरले बृद्धि, जीवन बीमा कोषमा साढे आठ अर्ब संचिती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कोरोना महामारीको समयमा बीमाको व्यवसायमा प्रभावित हुने चिन्ता भइरहेको बेला गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले भने ठुलो फड्को मार्न सफल भएको छ । कम्पनीको खुद बीमा बीमा शुल्क आर्जन दोब्बरभन्दा बढीले बृद्धि भएको छ भने मुनाफा सहितमा सूचाङकहरु सकरात्मक देखिएका छन् ।

खुद बीमाशुल्क आर्जन : कम्पनीले यस अवधिसम्ममा ९६ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११४ दशमलव ६२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

चुक्ता पुँजी र कोष :
एक अर्ब ८७ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ६२ लाख रुपैयाँ संचिती रहेको छ । त्यस्तै, जीवन बीमा कोषमा ८ अर्ब ५० करोड ५ लाख र महाविपत्ती कोषमा ४ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ ।

कुल बीमा शुल्क आर्जन :
यस अवधिसम्ममा कम्पनीले ९७ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड २९ लाख रुपैयाँ मात्र कुल बीमा शुल्क आर्जन गरेको थियो ।

खुद नाफा :
त्यस्तै, समिक्षा अवधिमा कम्पनीले ४ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा एक करोड ८ लाख रुपैयाँ ले बढी हो । गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

हालसम्म कुल बीमा शुल्क आर्जन :
त्यसैगरी कम्पनीले हालसम्म इन्स्योरेन्सले १० अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ४९९ दाबी वापत १४ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

खुद दाबी भुक्तनी :
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १४ करोड २९ लाख रुपैयाँ खुद दाबी भुक्तनी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

सूचक :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ३२ रुपैयाँ ८२ पैसा र मूल्य आम्दानी अनुपात ६६.६० गुणा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS