Connect IPS
IME Life

ग्लोबल आइएमई बैंकको शेयर किन्दा अझै लाभांश पाइने, यस्तो छ ९ वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले आफ्ना शेयरधनीहरुलाई १४ प्रतिशत र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्र्ष २०७६/७७ को नाफाबाट उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले २०७६ /७७ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश पारितका लागि भने साधारण सभाको मिति भने तय गरेको छैन् । बैंकले विगत लामो समयदेखि निरन्तर रुपमा आफ्ना शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ ।

Prabhu
Crest

बैंकको विगत ९ वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने विगद नौ वर्षको अवधिमा नगद लाभांशलाई भन्दा पनि बोनश शेयरलाई प्रथामिकता दिँदै आएको देखिन्छ । बैंकले नौ वर्षको अवधिमा जम्मा १ सय ६९ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १ सय ३० दशमलव ७५ प्रतिशत बोनश शेयर दिएको छ भने ३६ दशमलव ७५ प्रतिशतमात्र नगद लाभांश वितरण गरेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/ ७६ मा बैंकले आफ्ना लगानीकर्तालाई २५ दशमलव ७५ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १२ दशमलव ७५ प्रतिशत बोनश शेयर रहेको थियो भने १२ दशमलव ७५ प्रतिशत नै नगद लाभांश रहेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/ ७५ मा १६ प्रतिशत बोनश शेयरमात्र दिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७३ /७४ मा १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS