IME Life New

स्टाण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको न्यून लाभांशलाई विश्लेषण गर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै बेलाका ब्लु चिप बैंक एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष ७६/७७ मा निकै कम लाभांश प्रस्ताव गर्दा लगानीकर्ताहरु निराश हुन पुगेका छन् । स्टाण्डर्ड चार्टर्ड बैंक नेपालको संचालक समितिले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश गरी ११ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने एभरेष्ट बैंकको संचालक समितिले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

दुई कम्पनीको बजार मूल्य हेर्दा कम्पनीले आर्थिक वर्ष ७६/७७ मा प्रस्ताव गरेको लाभांश निकै कम हो। स्टाण्डर्ड चार्टर्ड बैंकको बजार मूल्य ६३६ रुपैयाँ र एभरेष्ट बैंकको बजार मूल्य ६७५ रुपैयाँ रहेको छ।

Esewa
Crest

कम्पनीको बजार मूल्यलाई प्रस्तावित लाभांश सँग दाँजेर हेर्दा एभरेष्ट बैंकको ६७५ बजार मूल्यमा शेयर किनेर लाभांश खादा १ दशमलव ५६ प्रतिशत प्रतिफल देखिन्छ भने स्टाण्डर्ड चार्टर्ड बैंकको ६३६ बजार मूल्यमा शेयर किनेर लाभांश खादा १ दशमलव ८६ प्रतिशत प्रतिफल देखिन्छ।

आर्थिक वर्ष ७६/७७ को चौथो त्रैमासको वितरणयोग्य मुनाफालाई आधार मान्दा स्टाण्डर्ड चार्टर्ड बैंकको लाभांश दिने क्षमता १८ दशमलव ९२ प्रतिशत थियो भने एभरेष्ट बैंकको लाभांश दिने क्षमता १९ दशमलव ६६ प्रतिशत थियो।

अरु वाणिज्य बैंकहरुले आर्थिक वर्ष ७६/७७ को वितरणयोग्य मुनाफा भन्दा पनि धेरै लाभांश प्रस्ताव गरेको बेलामा दुई बैंकले भने निकै कम लाभांश प्रस्ताव गरेका छन्।

नेपाल राष्ट्र बैंकले यो वर्ष नगद लाभांशमा कडाईको नीति सँगै यो वर्ष एभरेष्ट र स्टाण्डर्ड चार्टर्ड बैंकले कम लाभांश दिएको अनुमान लगाउन सकिन्छ।

एभरेष्ट बैंकमा पन्जाब नेशनल बैंकको २० प्रतिशत शेयर स्वामित्व रहेको छ। त्यस्तै स्टाण्डर्ड चार्टर्डमा स्टाण्डर्ड चार्टर्ड ग्रिण्डलेजको ४६ दशमलव ८१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने स्टाण्डर्ड चार्टर्ड बैंक युकेको २३ दशमलव ४० प्रतिशत शेयर स्वामित्व रहेको छ।  विदेशी लगानीकर्ताले नगद लाभांशलाई धेरै प्राथमिकतामा राख्ने भएकोले पनि यो वर्ष कम लाभांश आएको अनुमान लगाउन सकिन्छ।

Note: Distributable Profit and Paid Up Capital Figures in ‘000’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS