IME Life New

ऋण तिर्न अनावश्यक दवाव, धम्की नदिनु: गभर्नर अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

‘उद्यमी पलायन हुन दिदैनौं’

काठमाडौं । कोभिडबाट प्रभावित भई ऋण तिर्न नसकेका उद्यमीहरुलाई कालोसूचिमा राख्ने भन्दै धम्क्याउने कार्य बन्द गर्न सबैं बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छन् । उनले उद्यमशिलता मर्ने र व्यवसायी पलायन हुने अवस्था आउन नदिने गरी कार्य गर्न बैंकहरुलाई निर्देशन समेत दिएका छन् ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले हिजो आयोजित डिजिटल अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुलाई हतोत्साहित गर्ने, कालोसूचिमा राख्ने भन्दै धम्क्याउने कार्य बन्द गर्न निर्देशन दिँदै भने, ‘कोरोनाकाल भन्दा पहिल्यैको उठाउनुपर्ने कर्जा भए त्यसलाई छुट नदिनुस् तर कोरोना कालको हो भने जबर्जस्ती नगर्नुस् ।’ गभर्नर अधिकारीले गत वर्षको फागुन भन्दा अगाडिको नै लिलामी गर्न योग्य भइसकेका ऋणलाई मात्रै अघि बढाउन र त्यसयताका कुनै पनि ऋणीहरुलाई कालोसूचिमा राख्ने गरी काम नगर्न भनेका छन् ।

Esewa
Crest

गभर्नर अधिकारीले उद्यमी मर्ने, पलायन हुने अवस्था आउन नदिन केन्द्रीय बैंक सचेत रहेको जनाउँदै बैंक तथा वित्तीय संस्थाहरुले सोही भावना अनुसार नतिजामुखी कार्य गर्न आग्रह गरेका छन् । साथै उनले उद्यमीहरुलाई पलायन हुन नदिने समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS