IME Life New

बालबालिकालाई सानैदेखि बचत गर्न सिकाऔ, स–सानो पुँजिबाट बन्छ ठूलो काम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशै नेपालीहरुको महान पर्व, राष्ट्रिय चाड हो । दशैमा मान्यजन तथा ठुलाबडाहरुको हातबाट टिका, जमरा र दक्षिणा लिने गरिन्छ । दशैमा दक्षिणाको विषयलाई लिएर बालबालिकाहरु खुशी हुने गर्छन । कतिपय अभिभावकहरुमा वित्तीय चेतना हुने भएकाले नानी–बाबुको टिका लगाएर जम्मा भएको पैसा बचत गरिदिने गर्दछन् भने कतिपय अभिभावकहरुमा वित्तीय चेतनाको अभावका कारणले गर्दा नानीबाबुको पैसा विलासी खर्चमै नोक्सान हुने गरेको पाइन्छ ।

दशैमा अभिभावकहरुले अरुको देखासिखीमा धेरै खर्च गर्ने प्रवृत्ति पनि छ । तर यी सबै खर्चलाई कम गरेर वालवालिकाको भोलिको भविष्को लागि बचत गर्न सकियो भने भविष्यमा कतै लगानी गर्न सकिन्छ । अझ बीमा नै गरिदिने हो भने बालबालिकाको भविष्य सुन्दर मात्रै होइन, सुनिश्चित समेत हुन पुग्दछ ।

Esewa
Crest

बालवालिकाहरुलाई बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यौ भने ठुलो भएपछि फजुल खर्च गर्ने समस्यामा कमी आउनसक्दछ । स्कुल लेभलका पाठ्यक्रममा नै समावेश गरेर बालिबालिकालाई आम्दानी, बचत, लगानी लगायतका विषयमा जानकारी दिन सकेमा विद्यार्थी जीवनदेखि नै मानिसहरुले धेरै कुरा सिक्न सक्नेछन् । त्यसअघि, बालबालिकाका अभिभावकले नै आफ्ना सन्तानलाई बचत गर्ने बानी बसाल्न सक्यौ भने भविष्यमा उनीहरुको पढाई तथा दैनिकीमा धेरै सहज हुनसक्छ ।

चाडपर्वको समयमा विशेषगरी दशैँतिहारको बेलामा बालबालिकाले दक्षिणाले रुपमा आम्दानी गर्दछन् । बालबालिकालाई दिएको भनेर त्यो पैसाको हिसाब कसैले गर्दैन र उसले त्यो पैसा खाने, साथीभाईहरुसँग घुम्ने लगायतका फजुल खर्चमा सकाउँछ । तर, त्यही पैसा अभिभावकहरुले बैंकमा खाता खोलेर बचत गरिदिने हो भने भोलि सोही बालबालिकाको पढाई अथवा अन्य ठूलो कामका लागि प्रयोग गर्न सहज हुन्छ ।

बैंकमा बचत गरेर राखेको पैसा सुरक्षित हुनुका साथै व्याज पनि पाइन्छ । बैंकहरुले बालबालिकालाई नै लक्षित गरेर विभिन्न किसिमका बचत खाताहरु संचालनमा ल्याएका हुन्छन् । कतिपय बैंकमा निःशूल्क रुपमा नै खाता खोल्न पाइने सुविधा छ । बैंकहरुले दिएको यस्तो सुविधा प्रयोग गर्न सके बालबालिको भविष्य सुरक्षित हुन सक्छ ।

बालबालिकाहरुमा बचत गर्ने बानी बसाल्नु भनेको सफलताको खुड्किलोतिर लम्कनु हो । सानैदेखि आफूसँग भएको रकमबाट थोरै भएपनि बचाउने कला बालबालिकालाई सिकाउन सकियो भने ठूलो भएर कुनै पनि व्यवसायको उचित व्यवस्थापन गर्न सक्छन् । बचत गर्नुपर्छ भनेर आफूसँग भएको सबै पैसा बैंकमा लगेर जम्मा गर्ने र अहिले खर्च नगर्ने भन्ने होइन । तर, आवश्यकता भएका कुराहरुमा खर्च गरेर आफूसँग भएको सानो–सानो रकमलाई बचत गर्नुपर्छ ।

आवश्यक नभएका कुराहरुमा खर्च गर्ने बानीलाई मात्रै नियन्त्रण गर्न सिक्नै पर्दछ । त्यसैले दशैंमा जम्मा भएको बालबालिकाहरुको दक्षिणालाई बचतको रुपमा बैंकमा लगेर जम्मा गर्ने बानीले एक व्यक्तिको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पुग्छ । बैंकमा मात्रै बचत गरेर बालबालिकाको भविष्य र जोखिम सुरक्षित हुन सक्दैन । त्यसैले त्यसरी सानो सानो रकम बैंकमा जम्मा गर्ने बानीले बचत गर्ने बानीको रुपमा बीमा गराउन सिकायौं भने त्यसले बालबालिकालाई सानै उमेरदेखि आफ्नो जिम्मेवारी र जोखिम बाँडफाँड गरेर अघि बढ्न सक्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS