IME Life New

कोरोना बीमाको दावी भुक्तानी अस्पतालको बिलमा मिलान गर्न बीमा समितिको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आज सबै निर्जिवन बीमा कम्पनीहरुलाई एक निर्देशन जारी गर्दै कोरोना बीमाको दावी भुक्तानी अस्पतालको बिलसँग मिलान गर्न निर्देशन दिएको छ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको निर्देशनमा नेपाल सरकार मन्त्रिपरिषदको २०७७ असोज १९ गते बसेको बैठकबाट स्वीकृत गरेको ‘कोरोना भाइरस (कोभिड–१९) को संक्रमण उपचार बापत अस्पतालहरुलाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश, २०७७’ बमोजिम कोरोना बीमितले पाउने दावी भुक्तानी निजको अस्पतालमा उपचार बापत कुनै खर्च लागेको भए सो अस्पतालको बिल भुक्तानी गरी बाँकी रहेको रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

Esewa
Crest

नयाँ व्यवस्था अनुसार कोरोना बीमित अस्पताल भर्ना भई उपचार खर्च लागेको भए, सो को बिल बमोजिम अधिकतम एक लाख रुपैयाँसम्म, सिधैं अस्पतालमा भुक्तानी वा बीमितले अस्पतालमा भुक्तानी गरी बिल पेश गरेमा बीमितलाई कोरोना बीमा बापतको रकम भुक्तानी गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS