IME Life New

सिटिजन्स बैंकलाई ७२ घण्टे पुर्जी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सिटिजन्स बैंकलाई ७२ घण्टे पुर्जी थमाएको छ । बैंकले लाभांश घोषणा गर्दा धितोपत्र बिनियम २०७५ को नियम पालना नगरेको सम्बन्धमा हिजो साँझदेखि लागू हुने गरी ७२ घण्टे पुर्जी काटेको हो । नेप्सले हिजो पत्र काटेरै बैंकलाई लाभांश घोषणा गर्दा धितोपत्र विनियम २०७५ अनुसार भएको व्यवस्था पालना नगरेकोबारे स्पष्ट पार्न भनिएको छ ।

सिटिजन्स बैंकको सञ्चालक समितिमाथि धितोपत्र बजार मूल्यमा चलखेल गरेको वा मिलेमतो गरेको हुनसक्ने आंशकामा पत्र काटेको हो । नेप्सेले सोधेको स्पष्टिकरणमा बैंकले शेयर कारोबार समयमा बैंकले लाभांश घोषणा गरेको र उक्त लाभांश घोषणाबारे नेप्सेमा जानकारी गराइएको पत्रमा सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख नगरेको भन्दै स्पष्टिकरण सोधेको हो । सिटिजन्स बैंकले नेप्सेमा बुझाएको लाभांश वितरण सम्बन्धी जानकारी दिने पत्रमा सञ्चालक समितिको बैठक कुन दिन बसेको हो, सो को जानकारी समेत नदिएकोले स्पष्ट पार्न भनिएको हो ।

Esewa
Crest

व्यवस्थामा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी तथा निर्णय सृजना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खोल्नुअघि सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने प्रावधान रहेकोमा सिटिजन्स बैंकले सो नियम उल्लंघन गरेको हुनसक्ने जनाएको छ । सिटिजन्स बैंक सञ्चालक समितिको कार्तिक ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पूँजीको ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS