IME Life New

डिजिटल बैंकिङ कारोबार शंकाको घेरामा, मर्चेन्ट बैंकिङ मोडलमा कोर बैंकिङ कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन हुन नसक्दा दैनिक अर्बौं रुपैयाँको कारोबार भइरहेको डिजिटल बैंकिङ कारोबार शंकाको घेरामा परेको छ । एफवान सफ्ट नामक कम्पनीको नेतृत्वमा सञ्चालित फोन पेमार्फत भइरहेको कोर बैंकिङ कारोबार मर्चेन्ट बैंकिङ मोडलमा सञ्चालन गरिएकोले शंकाको घेरामा परेको हो । ग्लोबल आईएमई लगायतका थुप्रै बैंकहरुमार्फत अर्को बैंक खातामा रकम पठाउँदा कोर बैंकिङ मोडलमा जानु पर्नेमा मर्चेन्ट बैंकिङमा कारोबार भइरहेको खुलेको छ । फोन पे बाहेक नेपाल क्लीयरिङ हाउसमार्फत हुने कारोबार भने कोर बैंकिङ मोडलमा सञ्चालित भएको पाइएको छ ।

एक बैंकबाट अर्को बैंकमा इन्टरनेट तथा मोबाईलमार्फत हुने कोर बैंकिङ कारोबार मर्चेन्ट बैंकिङ मोडलमा भइरहेको सम्बन्धित बैंकहरुले स्वीकार गरेका छन् । एक बैंकका सिईओले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने, ‘एउटा बैंक खाताबाट अर्को बैंक खातामा रकम पठाउने कार्य कोर बैंकिङ नै हो तर एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउँदा सामान किने जसरी गइरहेको छ ।’

Esewa
Crest

इन्टरनेट तथा मोबाईल बैंकिङ मार्फत हुने बैंकिङ कारोबारमा गेटवेको काम गरिरहेको फोन पेले मर्चेन्ट बैंकिङ मोडलमा कोर बैंकिङ कारोबार गरिरहेको पाइएको छ । फोन पेलाई नेपाल राष्ट्र बैंकले पिएसओ र इन्टिग्रेटेड दुवै प्रकारको लाइसेन्स समेत दिएको खुलेको छ । एउटै कम्पनीलाई खुद्रा र होलसेलमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले नै अनुमति दिएको हो । नेपालको बाणिज्य कानुन अनुसार खुद्रा र तथा होलसेल एउटै कम्पनीले गर्न पाउदैन ।

कोरोना महामारीको कारण जारी गरिएको लकडाउनले कोर बैंकिङ कारोबार मोबाईल तथा इन्टरनेटमार्फत हुन थालेको थियो । महामारीमा व्यापक रुपमा फैलिएको विद्युतीय बैंकिङ कारोबारमा फोन पेमार्फत हुने कारोबार भने मर्चेन्ट बैंकिङ मोडलमा भइरहेको छ । एक आईटी बिज्ञले भने, ‘कोर बैंकिङ कारोबार मर्चेन्ट बैंकिङ मोडलमा गरिनु अनैतिक र गलत अभ्यास हो ।’ महाविपत्तिमा आपतका बेला यस्तो कारोबार गर्न सकिने भएपनि दीर्घकालिन रुपमा यस्तो कारोबार जारी राख्नु गलत भएको आईटी बिज्ञहरुको टिप्पणी छ ।

मर्चेन्ट बैंकिङ मोडलमा कोर बैंकिङ कारोबार गर्दा ट्रान्जेक्सन प्रमाणिकरणमा समय लाग्ने र झन्झटिलो हुन्छ । प्राप्त गर्ने बैंकले ट्रान्जेक्सनमा पठाउने बैंक र व्यक्तिको परिचयको सट्टा युनिक कोडमार्फत प्राप्त हुने मोडल मर्चेन्ट बैंकिङ मोडल हो । विभिन्न सेवा तथा बस्तु खरिद गरे बापत कार्ड तथा मोबाईल बैंकिङमार्फत हुने भुक्तानीमा ग्राहकको सुरक्षाको लागि मर्चेन्ट बैंकिङको यस्तो मोडल तयार पारिएको हो ।

नेपालमा भने सम्पत्ति शुद्धिकरणमा सहयोग गर्ने गरी कोर बैंकिङ कारोबार मर्चेन्ट बैंकिङ मोडल जस्तो गलत अभ्यास भइरहेकोतर्फ नेपाल राष्ट्र बैंकको ध्यान पुग्न सकेको छैन । नेपाल राष्ट्र बैंकले भने जानकारी प्राप्त भएकोले विस्तृत अध्ययन गरिने जनाउँदै आएको छ । नेपाल राष्ट्रले सो विषय हाल अध्ययनकै क्रममा रहेको भुक्तानी प्रणाली विभागका कार्यकारी प्रमुख भुवन कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS