IME Life New

दशैंमा जीवन बीमाको कारोबार बढ्ने अपेक्षा, डिजिटल माध्यमबाट अभिकर्ता परिचालन गर्दै कम्पनीहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दशैं सुरु भइसकेको छ । आज घटस्थापनापछिको दोस्रो दिन हो । जीवन बीमा कम्पनीहरुको व्यवसाय मुख्य दुई मुख्य सिजन असार र दशैं तिहार हो । दशैं तिहारमा उपहार स्वरुप बीमा पोलिसी दिने, दान दक्षिणा, टीका टालो गरेको पैसाले बीमा गरिदिने भएकोले बीमा कम्पनीहरुको लागि चालु आवको पहिलो मुख्य सिजन सुरु हुँदैछ ।

कोरोना महामारीका बीचमा नेपाली जनताले यस वर्ष दशैं मनाउँदैछन् । विगतका वर्षहरुमा जस्तो यस वर्ष धेरै व्यवसाय हुने अपेक्षा नगरे पनि धेर थोर व्यवसाय हुने विश्वासमा बीमा कम्पनीहरु बीमाको जनचेतना फैलाउने योजनामा छन् । अधिकांश जीवन बीमा कम्पनीहरुले अभिकर्ता तथा एजेन्सीहरुको पुनर्ताजगी कार्यक्रम सम्पन्न गरिसकेका छन् । एक नयाँ जीवन बीमा कम्पनीका सिईओले भने, ‘दशैं तिहारमा हुने व्यवसायको लागि अभिकर्ता र एजेन्सीहरुलाई मोटिभेट गरेर तयारी अवस्थामा राखिसकेका छौं, कोभिडको महामारी छ, हेरौं व्यवसाय कस्तो गर्न सकिन्छ ।’

Esewa
Crest

यस वर्ष कोरोना भाइरसका कारण प्रत्यक्ष रुपमा पुनर्ताजगी तालिम सञ्चलान गर्न नसकेका बीमा कम्पनीहरुले डिजिटल तालिममार्फत अभिकर्ता र एजेन्सीहरुलाई प्रतिक्षित गरेर बीमा व्यवसायमा केन्द्रीत गरिएको जनाएका छन् । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दशैंमा लक्षित बीमा व्यवसायको लागि अभिकर्ताहरुलाई तयारी अवस्थामा राखेको जनाएको छ । नेपाल लाईफ इन्स्योरेन्सले सामाजिक सञ्जालमार्फत शुभकामना आदान प्रदान गर्दै, सुस्वास्थ्यको कामना सहित बीमाको प्रचार प्रसार गरिएको जनाएको छ ।

त्यस्तै एलआईसी नेपालले ब्यतित बीमालेख नविकरण गर्दा छुट सुविधा सहित अभिकर्ता तथा एजेन्सीहरुलाई पुरानो बीमा नविकरण तथा नयाँ बीमाको लागि एप्रोच राख्ने गरी बीमा जनचेतनाको कार्य भइरहेको जनाएको छ ।

राष्ट्रिय बीमा संस्थानले पनि दशैं तिहार जस्ता मुख्य पर्वहरुमा आर्थिक गतिविधि बढेको बेला सर्वसाधारण जनतालाई बचतबारे जनचेतना जगाउँदै बीमाको व्यवसाय बृद्धि गर्दैछ । अधिकांश जीवन बीमा कम्पनीहरुले दशैं तिहारको समयमा बीमा कारोबार बढ्ने विश्वासका लागि कर्मचारी तथा एजेन्सी दुवै टिम परिचालन गने योजनामा छन् । अधिकांश कम्पनीहरुले दशैंको समयमा पनि भर्चुअल तालिम मार्फत अभिकर्ताहरुलाई मोटिभेशन गराईरहेका छन् । कोरोना भाइरसको महामारीका कारण व्यक्तिगत दुरी कायम गर्नुपर्ने भएकोले प्रत्यक्ष भेटघाट भन्दा पनि डिजिटल माध्यम, फेसबुक, टिकटक, इमेलमार्फत बीमा सम्बन्धी जनेचतनाका कामहरु दशैंमा पनि जारी राख्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS