IME Life New

पाँच लाख सरकारी कर्मचारीको ३० करोड रुपैयाँ कोरोना बीमा शुल्क सरकारले तिरेन, एक अर्ब दावी भुक्तानी माग्दै कर्मचारीहरु बीमा कम्पनीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले बजेटमा उल्लेख गरेको सरकारी कर्मचारीहरुको निःशुल्क कोरोना बीमाको व्यवस्था अनुसार करिब चार लाख कर्मचारीहरुको कोरोना बीमा गरिएको छ । चार लाख सरकारी कर्मचारीहरुको कोरोना बीमा शुल्क बापत सरकारले बीमा कम्पनीहरुलाई एक रुपैयाँ पनि शुल्क बुझाएको छैन । करिब पाँच लाख सरकारी कर्मचारीको कोरोना बीमा बापत ३० करोड रुपैयाँ विभिन्न बीमा कम्पनीहरुलाई तिर्न बाँकी छ । सो मध्ये करिब २४ करोड रुपैयाँ त राष्ट्रिय बीमा कम्पनीमा मात्रै बाँकी छ । बीमा कम्पनीहरुले हालसम्म बीमा शुल्क नै नपाएको बीमा पोलिसी खरिद गरेका करिब १० हजार सरकारी कर्मचारीहरुले एक अर्ब रुपैयाँ माग्दै बीमा कम्पनीमा दावी पेश गरेका छन् ।

कोरोना बीमाको दावी भुक्तानीले बीमा कम्पनीहरुको अवस्था भयावह बन्दै गएको देखिएको छ । इन्स्योरेन्स खवरले गरेको एक सर्वेक्षणमा कम्तीमा १० हजार सरकारी कर्मचारीहरुले आफू कोरोना संक्रमित भएको भन्दै बीमा कम्पनीहरुमा दावी भुक्तानीको लागि फाइल बुझएका छन् । सो मध्ये अधिकांश राष्ट्रिय बीमा कम्पनीमा दावी परेको देखिएको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै ८० करोड रुपैयाँ भन्दा बढि दावी परेको छ ।

Crest

त्यस्तै कम्पनीहरुमा सरकारी कर्मचारीहरुको करोडौंको बीमा दावी परेको छ । तर, बीमा दावी लिनका लागि माथिल्लो निकायबाट बीमा कम्पनीहरुमा चर्को दवाव आइरुहेको एक बीमा कम्पनीका अधिकारीले गुनासो गरे । एकातिर कम्पनीले बीमा शुल्क नपाउने अर्कोतिर कम्पनीमा दशौं हजार लाइन लागेर बीमा दावी गर्ने अवस्थामा पुगेको गुनासो कम्पनीका अधिकारीहरुले गर्न थालेका छन् ।

सरकारले व्यहोर्ने भनिएको बीमा शुल्क भुक्तानी सम्बन्धमा बीमा समितिले भने कुनै प्रतिक्रिया दिन चाहेको छैन । बीमा पुलमार्फत भइरहेको भनिएको दावी भुक्तानी रोकिएका कारण कम्पनीहरुले आफैले जोखिम लिएर केही समिति मात्रै दावी भुक्तानी गरिरहेका छन् । बीमा समितिले कोरोना बीमाको दावी भुक्तानीमा सहजिकरण नगरेको गुनासो बीमितहरुले गर्दै आएका छन् । बीमा सिद्धान्त विपरित २०७७ बैशाख ७ गतेबाट सुरु गरिएको कोरोना बीमाको दावी भुक्तानी डेढ अर्बभन्दा बढि बक्यौता पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS