Connect IPS
IME Life

मर्चेन्ट बैंकिङको मोडलमा अन्तर बैंक विद्युतीय कारोबार, राष्ट्र बैंक अनभिज्ञ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मकवानपुरका एक व्यक्तिको हेटौडास्थित सांग्रिला विकास बैंकको खातामा नौ हजार रुपैयाँ जम्मा भएको सन्देश आयो । सम्बन्धित खातावालले कसले रकम पठाएको हो ? कहाँबाट आएको हो कुनै पत्तो पाएनन् । उनले बैंक स्टेटमेन्ट नै निकाले तर सो रकम कताबाट आएको हो कुनै पत्तो थिएन । खातामा फोन पे प्रा.लि.को गेटवे प्रयोग भएर आएको रकम पत्ता लगाउन सांग्रिला बैंकको शाखा कार्यालयले हेड अफिसको साहारा लिएर पनि झण्डै एक साता कुर्नु पर्यो ।

ग्लोबल आईएमई बैंककै खाताबाट सनराईज बैंकमा रकम पठाउँदा सो बैंकका खातावाले पनि रकम प्राप्त गर्दा सम्बन्धित व्यक्तिको नामको ठाउँमा फोन पेकै कोड रहेको फेला पारे । व्यक्तिले रकम भुक्तानी गरेको दावी गरेपछि बैंकमा गएर स्टेटमेन्ट निकालेर हेर्दा रकम त आएको देखियो तर फोन पेको कोड प्रयोग भएर आएको, पठाउने व्यक्तिको नाम नभएकोले विश्वास गर्न कठिन भएको गुनासो गरे ।

Prabhu
Crest

कोरोना महामारीका कारण बैंकिङ कारोबार डिजिटल बैंकिङतर्फ मोडिएका छन् । तर नेपालका बैंकहरुले सजिलोको लागि निजि कम्पनीसँग सहकार्य गरेर मर्चेन्ट बैंकिङ मोडलमा अन्तर बैंकिङ कारोबार गराईरहेका छन् । एक बैंकको खाताबाट अर्को बैंकको खातामा रकमान्तर गर्दा भुक्तानी सेवा प्रदायक फोन पे नामक कम्पनीले मर्चेन्ट भुक्तानीको मोडलमार्फत भइरहेको छ ।

कुनै बैंकको खातामा विद्युतीय भुक्तानीको माध्यमबाट अर्को बैंकबाट रकम प्राप्त भएमा, प्राप्त हुने बैंकले सम्बन्धित बैंक र खातावालको विवरण पाउँदैनन् बरु फोन पेबाट जारी भएको एउटा कोड प्राप्त गर्दछन् । बैंक खाताबाट बाहिर गएको विवरण फोन पेले राख्छ र उसले आफ्नो कोड क्रियट गरेर खाता पठाउनु पर्ने बैंकमा पठाउँछ । यो अभ्यास मर्चेन्ट बैंक, कार्डबाट भुक्तानी गरी हुने कारोबार, शपिङ मलमा हुने कारोबारमा प्रयोग हुन्छ । अहिले त्यही मर्चेन्ट बैंकिङ मोडल प्रयोग गरी डिजिटल भुक्तानी भइरहेको बैंकहरुले स्वीकार गरेका छन् । भुक्तानी प्राप्त गर्ने व्यक्तिले रकम पठाउने व्यक्तिको कुनै संकेत नपाउने डिजिटल कारोबार जोखिमपूर्ण समेत बन्दै गएको देखिएको छ । साथै कुनै कारणबाट कानुनी झमेला पर्न गएमा हुने अनुसन्धान समेत निकै कठिन र चुनौतिपूर्ण बन्ने देखिएको छ ।

हालसम्म नेपाल राष्ट्र बैंकको नोटिसमा नआएको डिजिटल भुक्तानीभित्रको मर्चेन्ट बैंकिङ कारोबारको प्रभाव र असरबारे छलफल गर्नुपर्ने नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । उनका अनुसार हालसम्म यस्तो गुनासो कसैले पनि नगरेकोले सो सम्बन्धमा ठोस जानकारी नभएको बताए ।

नेपालमा नयाँ प्रयोग भएको र हालसम्म नियमनको दायरामा नआएको डिजिटल बैंकिङ कारोबारमा निजि कम्पनीको गेटवे प्रयोग कामचलाउ मात्रै हुनसक्ने र दीर्घकालिन रुपमा छुट्टै कम्पनी संस्थापना गरेर थप सुधार सहित अघि बढनुपर्ने राष्ट्र बैंककै उच्च अधिकारीहरुको भनाई छ । नेपाल राष्ट्र बैंकको भुक्तानी विभागले डिजिटल भुक्तानी सम्बन्धी कारोबारहरुको नियमित अनुगमन गरिरहेको छ ।

फोन पे नामक एउटै कम्पनीले विद्युतीय भुक्तानी सम्बन्धी खुद्रा, होलसेल तथा डिलरको काम गर्दै आएको समेत खुलेको छ । नेपालको प्रचलित कानुन अनुसार खुद्रा, होलसेल तथा डिलरको काम एउटै कम्पनीले गर्न पाउने व्यवस्था समेत छैन । फोन पे ले आफ्ना सदस्य सेवाग्राही, बैंक र मर्चेन्टलाई फरक फरक एकाउन्ट दिई भुक्तानी सम्बन्धी कारोबार गर्दै आएको छ । विद्युतीय भुक्तानीको लागि ५० भन्दा बढि बैंकले फोन पेको गेटवे प्रयोग गर्दै आएका छन् । फोन पे निजि कम्पनी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS