काठमाडौं । आज विहान राजधानीको सोह्रखुट्टे नयाँ बजारमा रहेको फलफूल चोकमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा दुई वटा घरमा लाखौंको क्षति पुगेको छ । ग्याँस सिलिण्डर राखिएको कोठाका भित्ताहरु समेत फुटेका छन् भने सँगै रहेको घरमा समेत क्षति पुगेको छ ।
नयाँ बजारस्थित कृष्ण कार्की क्षेत्रीको घरमा खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएको हो । क्षतिको थप विवरण आउँन बाँकी छ ।
घट्नामा बीमा दावी पर्ने सम्भावना देखिएको छ । घरधनीहरुले सम्पत्तिको बीमा गरेको अवस्थामा ग्याँस सिलिण्डर बिस्फोट भई भएको क्षतिको दावी भुक्तानी पाउन सक्नेछन् ।